कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी तुलसी कोलीका छोरा आरबको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी बैतडी घर भई हाल गड्डाचौकी माइती घरमा बस्दै आएकी छिन् । घरमा टिभीको लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागेर घाइते भएका आरबको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box