धनगढीः कैलालीमा राँगाले तानिरहेको गाडासँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ का २१ वर्षीय असिम राजबंशी र मोटरसाइकल पछाडि सवार २७ वर्षीय बिजेन्द्र चौधरी रहेका प्रहररीले बताएको छ ।
सोमवार राति घोडाघोडी नगरपालिका–१० सशस्त्र बेश क्याम्प नजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से.५प ७५७८ नम्बरको मोटरसाइकल गाडासँग ठोक्किएको थियो ।
मोटरसाइकल चालक राजवंशीको घोडाघोडी अस्पताल सुखड र पछाडि सवार चौधरीको माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडा चलाइरहेका घोडाघोडी–१० का ६० वर्षीय कलेसु चौधरी भने सकुशल रहेका बताइएको छ ।
Facebook Comments Box