धनगढीः धनगढीको मुख्य सडक शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले आज सडकको शिलान्यास गरेका हुन् ।
उक्त कैलाली पुलदेखि क्याम्पस चोक सडक निर्माणका लागि ५१ करोड ६९ लाखमा वैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरी प्रदेश सरकारले ठेक्का सम्झौता गरेको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाले ४२८ जना घरधनीलाई सम्मान गरेको छ । आफ्नो घर आफै भत्काएर सडक निर्माणमा सहयोग गर्ने घरधनीलाई उपमहानगरले सम्मान गरेको हो ।
Facebook Comments Box