स्याङ्जा: स्याङ्जाको बिरुवा गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । बिरुवा–७ बलेवाका दलबहादुर गुरुङकी १० वर्षीया छोरी गीताको करेन्ट लागेर मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।
आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा बिजुलीको प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
Facebook Comments Box