विवाहमा मागे जति दाइजो नपाएको भन्दै सम्बन्ध तोड्ने धम्की दिएको आरोपमा मण्डपबाटै नियन्त्रणमा लिइएका बेहुला पाँच दिन थुनामा बस्नुपर्ने भएको छ।
काठमाडौं जिल्ला अदालतले आज प्रहरीलाई यस घटनाको अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । दाइजो नदिए बिबाह तोड्ने धम्कि दिएका सुनसरीका ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले हिजो नक्सालस्थित एक पार्टी प्यालेसबाट पक्राउ गरेको थियो ।
विवाह भइरहेकै बेला बेहुली र उनको परिवारसँग ५० लाख रुपैयाँ दाइजो मागेपछि उनी प्रहरी नियन्त्रणमा पुगेका हुन् । रौनियार अमेरिकी ग्रिनकार्ड होल्डर हुन् ।
Facebook Comments Box