कैलाली: कैलालीको घोडाघोडी नगरपालिका – ४, रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा धमाधम बेहोस हुन थालेपछि छात्राको ग्रहशान्तिका लागि पूजा लगाइएको छ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष बमबहादुर सिंहले ६ देखि १० कक्षा पढ्ने अधिकांश छात्रामा बेहोस हुने, कराउने र बर्बराउने समस्या देखिएको बताए।
उनले अभिभावकको सल्लाह अनुसार नै विद्यालय परिसरमा छात्राको ग्रहशान्तिका लागि पूजापाठ तथा होम गरिएको बताए। अभिभावक तथा सबैले पूजा गर्न दबाब दिएपछि मङ्गलबार पूजा सम्पन्न गरिएको उनले बताए।
घोडाघोडी नगरपालिकामा ५१ वटा सामुदायिक विद्यालय छन्। अधिकांश विद्यालयमा छात्रा बेहोस हुने, बर्बराउने चिच्याउने समस्या देखिएको छ।
पहाडबाट बसाइँसराइ गरी आएका समुदायका छात्रामा यस्तो समस्या बढो देखिएको बताइएको छ।
Facebook Comments Box