धनगढीः धनगढीमा प्रहरीले भन्सार छलीका सामान फेला पारी नियन्त्रणमा लिएको छ । धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा भारतबाट भन्सार छली ल्याइएका चिनी, पास्ता, नरिवल, बिडी, साबुन लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
अन्दाजी १५ हजार मूल्य बराबरका ती सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
Facebook Comments Box