काठमाडौँ: भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजारभन्दा धेरैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।
२०७९ वैशाखयता अहिलेसम्म भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजार एक सय ७३ जनालाई विमानस्थलबाटै फर्काइएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ ।
भिजिट भिसा लगाएर रोजगारीका लागि विदेश हिँडेको र मानव बेचबिखन तथा मानव तस्करीमा पर्न सक्ने उच्च जोखिम भएकाहरूलाई प्रहरीले परामर्श गरी विमानस्थलबाटै फर्काउने गरेको छ ।
यसरी विमानस्थलबाट फर्काइनेमा सबैभन्दा धेरै महिला छन् । भिजिट भिसामा हिँडेका र बेचबिखन तथा तस्करीको जोखिम भएकाहरूमध्ये धेरैजसो खाडीका देशमा जान खोज्नेहरू रहेको ब्युरोले जनाएको छ ।
Facebook Comments Box