धनगढी: सुदूरपश्चिममा १०२ डायल गरी आकस्मिक एम्बुलेन्स सेवा लिन पाइने भएको छ । स्वास्थ्य निर्देशनालय राजपुरले आकस्मिक एम्बुलेन्स सेवा प्रेसण केन्द्र स्थापना गरी उक्त सेवा दिन लागेको हो ।
प्रदेशमा सडक दुर्घटना वा अन्य कुनै बिरामी भएर आकस्मिक एम्बुलेन्स चाहिए छिटो एम्बुलेन्स उपलब्ध गराउने हेतुले आकस्मिक एम्बुलेन्स सेवा प्रेसण केन्द्र स्थापना गरी सेवा दिन लागिएको स्वास्थ्य निर्देशक जगदिश जोशीले बताए ।
एम्बुलेन्सका लागि १०२ देशभर भए पनि सुदूरपश्चिम प्रदेशले प्रेसण केन्द्र नै स्थापना गरेर सेवा सुरु गरेको छ । प्रेसण केन्द्रमा इर्मेजेन्सी मेडिकल केयर (ईएमडी) तालिम प्राप्त स्वास्थ्यकर्मी पनि हुने हुँदा बिरामीको अवस्थाबारे जानकारी लिई प्रारम्भिक उपचार गर्न केन्द्रबाट सुझाउने गरिएको बताइएको छ ।
Facebook Comments Box