काठमाडौँ: निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। शोभाराम यादवले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
पूर्वसांसदसमेत रहेका रौनियार ठगी मुद्दामा पक्राउ परेका हुन्। सो मुद्दामा उनी र उनका छोरा सुमितविरूद्ध बाँके जिल्ला अदालतले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो।
Facebook Comments Box