चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो।
सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो। पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
त्यहाँ हजारौं यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम सुरु गरिएको छ।
Facebook Comments Box