धनगढी: सशस्त्र प्रहरीका निरीक्षक सुवास पहाडीले कैलालीमा सशस्त्रले अपराध न्यूनीकरणमा उल्लेख्य काम गरेको बताएका छन्।
आज (मंगलबार) धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
नम्बर ३४ गणमा कार्यरत उनले सशस्त्र प्रहरी सीमामा हुने अपराध न्यूनीकरणमा पहरेदार नै बनेको बताए। यस्तै उनले मानव अधिकार र कानुनविपरीतका कुरामा सशस्त्रले शुन्य सहनशीलता अपनाएको पनि दाबी गरे।
Facebook Comments Box