कञ्चनपुर: कञ्चनपुरमा दोहोरो नागरिकता बनाएका दुई जना पक्राउ परेका छन् । बैतडीको पञ्चेश्चर गाउँपालिका–५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकता सम्बन्धी जाहेरी दर्ता भएको थियो ।
अनुसन्धानमा उनीहरुले दोहोरो नागरिकता लिएको खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Facebook Comments Box