धनगढी: सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि सत्तारुढ दलकै असन्तुष्टिका कारण छलफल हुन नसकेपछि सभामुखले सहजीकरण गर्ने भएका छन् ।
सभामुख भीमबहादुुर भण्डारीले बजेट संशोधनबारे प्रदेशसभा सदस्यहरुले उठाइरहेको माग र प्रदेशसभामा बजेटमाथि छलफल गर्न बैठक आह्वानका विषयमा सरकारसँग छलफल गर्ने भएका हुन् ।
भण्डारीले मुुख्यमन्त्री कमलबहादुुर शाह र आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीसँग छलफल गर्ने बताए । ‘उहाँहरुलाई छलफलका लागि बोलाएको छुुु, अर्थमन्त्री आउँदै हुुनुुहुुन्छ,’ भण्डारीले भने । यसअघि भण्डारीले प्रदेशसभा सदस्यहरुसँगै काठमाडौँमा प्रधानमनत्रीसहित गठबनधनका शिर्ष नेताहरुसँग भेट गरेर यथास्थितीमा बजेट पारित नहुने अवस्था देखिएको बताएका थिए ।
‘भ्रमणको सिलसिलामा गएका बेला उहाँ (सांसद)हरु सँग शिर्ष नेताहरुसँग भेटघाट भएको हो । त्यही क्रममा बजेटका विषयमा पनि कुरा उठेको थियो,’ सभामुख भण्डारीले भने, ‘जनचासोको विषय भएकाले मैले पनि केही कुरा राखको हुँ । संशोधन हुुनुपर्छ भन्ने उहाँ (सांसद)हरुको कुरा थियो ।’