सर्लाही: सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।
घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए राति खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेको थियो ।
Facebook Comments Box