धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी ६ जिल्लाको विद्युत सेवा बन्द भएको छ। पहाडका दार्चुला बाहेकका जिल्लामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार आइतबार बिहानदेखि ६ पहाडी जिल्लाको विद्युत सेवा बन्द भएको हो। डोटीको रुवसकाँडामा एक सय ३२ केभी प्रशारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको हो।
अत्तरियादेखि स्याउले सव स्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको उनले बताए। मर्मतका लागि समय लाग्ने देखिएको छ। विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेको बताइएको छ।
Facebook Comments Box