धनगडी : कैलालीको फल्टुडेमा कुखुराका चल्ला र दाना बोकेको गाडी (बोलेरो जीप) दुर्घटनामा परेको छ ।
धनगढीबाट दिपायल–सिलगढी नगरपालिकाको पिपल्ला जाँदै गरेको से १ प ६१५६७ नम्बरको जिप फल्टुडेमा दुर्घटना भएको हो ।
कालासैन सप्लायर्सको दाना र चल्ला बोकेको जीप दुर्घटनामा परेको सप्लायर्सका सञ्चालक वीरेन्द्र पार्कीले बताए । उनका अनुसार जीप दुर्घटना हुँदा दुई हजार चल्ला मरेका छन् भने दाना काम नलाग्ने भएको छ ।
चल्ला र दानासहित करिब तीन लाखसम्मको नोक्सान भएको उनले बताए । चालक शिरिष खड्का भने नालीमा खसेको जीप छोडेर बेपत्ता भएका छन् ।
Facebook Comments Box