धनगढीः नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाको घरमा बसिरहेका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाको सरकारी आवास मर्मतका लागि बजेट बिनियोजन गरेको पाइएको छ। भौतिक पूर्वाधार मन्त्रीको निवास मर्मतका लागि बजेट विनियोजन गरिएको हो।
तर त्यहाँ मन्त्री भने बस्दैनन्। मन्त्री देउवा निवास नलिएर आरजुको घरमा बसिरहेको बताइएको छ। उनी नबस्ने सोही निवास मर्मतका लागि भन्दै सरकारले १० लाख रुपैयाँ बिनियोजन गरेको भेटिएको हो।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले बिनियोजन गरेको बजेटमा १० लाख मर्मतका लागि छुट्टयाईएको छ। धनगढी उपमहानगरपालिका–४ मा रहेको आरजुको घरमा अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाको निजी निवास रहेको छ। प्रकाश आरजुका भतिजा पनि हुन्।
यसअघि यो समाचारमा प्रकाशित तथ्य भुलवश तलमाथि भएकाले सच्याइएको छ। यसले परेको असुविधाप्रति क्षमाप्रार्थी छौं। -सम्पादक