धनगढीः कैलालीको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।
वडा अध्यक्षले स्थानीयहरूसँग छलफल नगरेर एकलौटी रुपमा योजना छनोट गरेको भन्दै जिल्लाको घोडाघोडी नगरपालिका–६ बसन्ताको वडा कार्यालयमा स्थानीयले शुक्रबार तालाबन्दी गरेका हुन् ।
जनआवश्यकता र जनगुनासोलाई सम्बोधन गरिनुपर्नेमा ठिक विपरित गरेको स्थानीयले गुनासो गरेका छन् । यस विषयमा बुझ्न खोज्दा वडा अध्ययक्षको भने फोन उठेन ।
Facebook Comments Box