कञ्चनपुर: कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ झिलमिला बरमेली टोल नजिक महिलाको कानै च्यातेर गहना र नगद लुट्ने समातिएको छ।
शुक्रबार राति बेलडाँडी गाउँपालिका-३ कमरी बस्ने रामबहादुर रानालाई गाउँलेले समातेका हुन्। उनले झिलमिला बरमेली टोल बस्ने मिना राना मगरको घरमा गएर कानका गहाना र घर भित्रबाट ५० हजार चोरेर भागेका थिए।
त्यसपछि गाउँलेले उनलाई राति १० बजेतिर घेरा हालेर समातेका थिए। रानालाई समातिएपछि प्रहरीलाई खबर गरिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको बेलडाँडी इलाका प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नवराज पाण्डेयले बताए।
कान च्यातिएकी महिलाको अहिले उपचार भइरहेको छ।
Facebook Comments Box