धनगढी: धनगढीको बढी भिडभाड हुने मध्येको एक ट्राफिक चौराहादेखि बिशालनगर जोड्ने सडक हिलाम्य हुँदा स्थानीयलाई सकस भएको छ।
धनगढी उपमहानगरपालिका–३ स्थित पुरानो यो पुरानो गल्लीमा सामान्य झरी पर्दा पनि हिलाम्य हुन थालेपछि समस्या भएको हो।
जसकारण उक्त सडकमा मानिसहरूलाई आवतजावतमा समस्या भएको बताइएको छ।
यो सडक क्षेत्रमा एक सय बढी पसल छन्। सोराइ, सैपाल होटेल लगायतका थुप्रै रेस्टुरेन्ट यो क्षेत्रमा छन्। तर यहाँ मर्मतका लागि अहिलेसम्म कसैको ध्यान पुगेको छैन।
स्थानीय र व्यवसायीले सडक मर्मतका लागि वडा र उपमहानरलाई पटक–पटक जानकारी गराउँदा पनि कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ। सुरुमा पिच रहेको यो सडक यो २०७४ साल अघि देखि नै भत्किन सुरु भएको थियो।
अहिलेका वडा, नगर र प्रदेशका मन्त्रीहरूसमेत यो बाटोमा दिनहुँ हुइकिन्छन् तर सडकको हरविजोक हुँदा पनि कसैको ध्यान पुगेको छैन।
यसै प्रदेश निर्वाचन क्षेत्रबाट चुनाव जितेका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाको समेत यो सडकमा ध्यान नपुगेको भन्दै स्थानीयले दुःख व्यक्त गरेका छन्।