काठमाडौं: गत शुक्रवार सुनसरीको बराहक्षेत्रमा भएको ‘ग्याङ फाइट’ योजनाबद्ध रहेको खुलेको छ। जहाँ ५ जना युवतीको समूहले ३ जना युवतीमाथि गरेको कुटपिट गरेको थियो।
प्रेमीको कुरा काटेको निहुँमा सुनसरीको बराहक्षेत्रमा युवतीको एक समूहले अर्काे समूहलाई फोन गरेर बोलाएको अनुसन्धानबाट खुलेको छ। निर्घात कुटपिट गरेको हो।
५ जनाले ३ जना युवतीलाई सप्तकोशीको किनारमा निर्घात कुटपिट गरेका हुन्। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका–९ की १९ वर्षीया कृति लिम्बुलाई पक्राउ गरेको छ।
उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए।
प्रहरीका अनुसार कुटाइ खाने र कुट्ने चिनजानेका साथी हुन्। कुट्ने समूहले निगार (घरेलु मदिरा) खाएर कुटेको देखिएको अनुसन्धानबाट खुलेको छ।
सुनसरीको बराहक्षेत्र–९ को राजाबास (कोशी किनार) मा शुक्रवार कृतिसहित ५ जनाको टोलीले अन्य ३ जना युवतीलाई बोलाएर निर्घात कुटपिट गरेका थिए । कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।