कैलाली: प्रहरीले फरार रहेका दुई जनालई पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालील चरेश मुद्दामा दुई हजार रुपैयाँ जरिवाना तोकेका फरार अभियुक्त चुरे गाउँपालिका–५ जलजलाका ३७ वर्षीय पूर्णबहादुर धामीलाई सोमवार बिहान पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट खानीडाँडाको टोलीले धामीलाई उनकै घरबाट पक्राउ गरेको बताईएको छ।
यस्तै, कैलाली जिल्ला अदालतबाट मिति २०६५ साल भदौमा वन मुद्दामा सात हजार रुपैयाँ जरिवाना तोकिएका गोदावरी नगरपालिका–४ का ५५ वर्षीय भागिराम चौधरीलाई पनि सोमवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको बताइएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतमा पेश गरिएको छ।
Facebook Comments Box