काठमाडौँ: काठमाडौँ प्रहरीले बलात्कार आरोपमा एक चिकित्सकलाई पक्राउ गरेको छ । बाराको कोल्बीका ३६ वर्षीय चन्द्रभूषण चौधरीलाई उनकी प्रेमिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले पक्राउ गरेको हो ।
विवाह गर्ने प्रलोभन देखाएर धोका दिएको आरोप २६ वर्षीया प्रेमिकाको छ । आरोपी चौधरीले जाहेरवालासँग प्रेममा रहेको कुरा स्वीकार गरे पनि परिवारले विवाह गर्न नमानेका कारण आफू टाढिनु परेको बयान दिएका छन् ।
चौधरी २०७५ सालमा बंगलादेशबाट एमबीबीएस सकेर नेपाल फर्किएका थिए । काठमाडौँको शान्तिनगरमा डेरा कोठामा बस्ने क्रममा सोही घरमा बस्दै आएकी जाहेरवालासँग भेट भएको र पछि प्रेम सम्बन्धमा रहेको उनले बयानका क्रममा बताएका छन् ।
Facebook Comments Box