बैतडी: बैतडी, दार्चुला र डडेल्धुरा क्षेत्रमा बिहानैदेखि वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढेको छ ।
परशुराम नगरपालिका–५ महाकाली नदी पारिगाउँ बाढीमापन केन्द्रमा मंगलवार मध्याह्न १२ बजेतिर पानी ५ मिटर ८० सेन्टिमिटर पुगेको जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारले बताए ।
निरन्तरको वर्षासँगै महाकालीमा पानीको बहाव र सतह बढ्ने हुँदा नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनहरुले अनुरोध गरेका छन् ।
Facebook Comments Box