काठमाडौँ : खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोजराज खतिवडा निलम्बनमा परेका छन् । ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै आजैदेखि स्वतः निलम्बनमा परेका हुन् ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा खतिवडाले वडा नं. १० विद्युत् पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ । हाल खतिवडा खोटाङका सिडिओ हुन् ।
Facebook Comments Box