बैतडी: बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। जिल्लाको पुर्चाैडी नगरपालिका-२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको हो।
गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै मृतक अञ्जुकी सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए।
सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीया जस्मा बोहरा पनि घाइते भएकी छन्। मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका बताइएको छ।
प्रहरीका अनुसार घरमा पूर्ण क्षति पुगेको छ भने करिब एक दर्जन चौपायासमेत मरेका छन्।
Facebook Comments Box