धनगढीः कैलाली कारागारका एक जना कैदीबन्दीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको हो ।
उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनी क्षयरोगबाट पीडित थिए ।
Facebook Comments Box