बझाङ: जिल्ला प्रशासन कार्यालय बझाङले जिल्लामा नुनको अभाव नभएको जनाएको छ। चालु आर्थिक २०८०/८१ का लागि नुन आपूर्ति कार्य सुरु भइसकेको र गत आर्थिक वर्षको नुन स्टक समेत पर्याप्त रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जनाएका छन्।
प्रशासन कार्यालयले एक सूचना नै जारी गदै बझाङमा नुनको अभाव भन्ने खबर विभिन्न सञ्चार माध्यममा आए जस्तै जिल्लामा नुन अभाव नरहेको बताएको छ। प्रशासनले आगामी दिनमा प्रति व्यक्ति १० किलोका दरले दैनिक नुन वितरण गरीने जनाएको छ।
पछिल्लो समय पशुचौपायाहरुलाइ पनि अनुदानको नुन खुवाउने, कोशेलीको रुपमा नुन निकासी गर्ने, अनुदानको नुन खरीद गरी मंहगोमा बिक्रि वितरण गरी नुनको दुरुपयोग भएको गुनासो आउने गरेकोले त्यस्तो नगर्नसमेत प्रशासनले आग्रह गरेको छ।
Facebook Comments Box