धनगढीः पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले आफ्ना सेवा बन्द गरेको छ । चालु आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नभएकाले बाध्य भएर सेवाहरु बन्द गर्नुपरेको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले बताए ।
उनले अर्को व्यवस्था नभएसम्मका लागि आजबाट आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएका बताए । आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार संस्थागत संरचनाको समेत अन्योलता रहेको जनाइएको छ। जस कारण बजेटको व्यवस्था नहुँदा प्रदान गर्दै आएका सेवाहरु बन्द गर्नुपरेको जोशीले बताए।
सुदूरपश्चिम प्रदेशभर अहिले पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप भयावह रुपमा फैलिरहेको छ । प्रयोगशालाले पशुपन्छीमा लाग्ने विभिन्न रोगको जाँच गर्दै आएको थियो ।
Facebook Comments Box