दार्चुला: दार्चुलामा साउनयता मात्रै १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी राजेश भट्टले बताए ।
उनका अनुसार साउन १४ गतेसम्ममा १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो । जसमध्ये जिल्लाको महाकाली नगरपालिकामा सबैभन्दा बढी ९ जनामा स्क्रब टाइफस देखिएको छ ।
त्यसैगरी दुहुँ, व्यास र नौगाड गाउँपालिकाका २/२ जनामा संक्रमण देखिएको छ । मार्मा र लेकम गाउँपालिकाका १/१ जनामा स्क्रब टाइफस देखिएको छ ।
Facebook Comments Box