काठमाडौं: बैतडीको मेलौली नगरपालिका-८ का वडाध्यक्ष तपेन्द्र सिंह बिष्टले घर घरमा पुगेर ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।
वडा कार्यालयसम्म आउन नसक्ने असहाय, अशक्त तथा अपांगता भएका ज्येष्ठ नागरिकको घरघरमा वडाध्यक्ष विष्ट मंगलबार आफैं वृद्धभत्ता वितरण गर्न पुगेका हुन् ।
जमाडी टोल र कार्यालयबाट गरेर आज ९० जना ज्येष्ठ नागरिकलाई भत्ता वितरण गरिएको वडाध्यक्ष विष्टले बताए । भत्तासँगै ज्येष्ठ नागरिकहरुलाई तातोपानी राख्न थर्मस पनि वितरण गरिएको उनले बताए।
घरदैलोमै भत्ता बुझ्न पाउँदा ज्येष्ठ नागरिकहरु अत्यन्तै खुशी भएको पनि उनले बताए । मेलौली नगरपालिका(८ मा कुल १ सय ४७ जना ज्येष्ठ नागरिक रहेका छन् ।
Facebook Comments Box