धनगढीः कैलालीमा एक महिलाको मृत्यु भएको छ। भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा माइतीघरबाट घर पुग्नेवित्तिकै २४ वर्षीया संजीता चौधरीको मृत्यु भएको हो।
उनी धनगढी उपमहानगरपालिका–१७ धुर्जुना (माइती) बाट घर फर्किएकी थिइन्। प्रहरीका अनुसार मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्।
दुई बजे आफ्नो घर लालबोझी पुगेकी उनी सोही दिन मृत अवस्थामा फेला परेकी हुन्। संजीताका श्रीमान सुवेत यादब सोही दिन भारत जान्छु भन्दै घरबाट निस्केका थिए। तर, संजीताले घर पुग्ने वित्तिकै झुण्डिएर देहत्याग गरेको सुनेपछि तिकुनिया पुगेका यादब घर फर्केका थिए।
यता, संजीताका आफन्तले भने आत्महत्या नभई हत्या भएको हुनसक्ने अनुमान गरेको छ। घटनाको माइती पक्षले छानबिन हुनुपर्ने माग राखेको छ।
Facebook Comments Box