काठमाडौँ: महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह अझै बढिरहेको छ ।
डडेल्धुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
Facebook Comments Box