बैतडी: बैतडीका एक युवकको भारतमा हत्या भएको छ । जिल्लाको सुर्नया गाउँपालिका-२ खालिकाबगड लिस्किटाका २७ वर्षीय तिलकबहादुर चन्द भारतको बेंगलोरमा मृत फेृला परेका हुन् ।
तिलकको मृत्युको खबर इन्टरपोलबाट प्राप्त भएको उनका आफन्त धीरबहादुर चन्दले बताए । ७ वर्षदेखि कोठामा सँगै बस्दै आएका भारतको कर्नाटकका ४५ वर्षीय सिद्धराजुले चक्कु प्रहार गरी तिलकको हत्या गरेको बताइएको छ । उनी गत हप्ता आफू बस्ने कोठामा मृत पाइएका थिए ।
सिद्धराजुले हत्या स्वीकार गरिसकेका तर हत्याको कारण भने नखुलेको जनाइएको छ । भारतीय प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दैछ । रोजगारीको सिलसिलामा भारत गएका तिलक ११ वर्षदेखि सम्पर्कविहीन थिए ।
Facebook Comments Box