धनगढी: कैलालीमा बाढीपहिरोमा परेकाहरुको उद्धारमा नेपाली सेनाको विपद् उद्धार टोली खटिएको छ । गएरातिको अविरल वर्षाले जिल्लाको धनगढी उपमहानगरपालिकासँगै कैलारी गाउँपालिका, भजनी नगरपालिका डुबानमा परेका छन् ।
साथै भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिकाको सेल्फि डाँडामा सडक भासिँदा अलपत्र परेका यात्रुहरुको उद्धारमा तेघरीस्थित श्री देवीदल गणको उद्धार टोली खटिएको हो ।
धनगढी-१५ र कैलारी-७ बसन्ताका बाढीपीडितको उद्धारका लागि नेपाली सेनाको विपद् उद्धार टोली खटिएको बताइएको छ ।
Facebook Comments Box