काठमाडौँ: सल्यानमा आफ्नै छोराले लाठीले हान्दा आमाको मृत्यु भएको छ । प्रहरीका अनुसार छोराको लाठी प्रहारबाट शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको मृत्यु भएको हो ।
शारदालाई बिहान ४ बजे उनका २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेका बेला लाठीले टाउकोमा प्रहार गरेका र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नवीनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box