दार्चुला: दार्चुला सदरमुकाम खलंगाको आकाशमा केही दिनदेखि भारतीय निजी कम्पनीको हेलिकोप्टरले चक्कर लगाइरहेको छ । सो हेलिकोप्टर खलंगा हुँदै उत्तरपश्चिम कालापानी क्षेत्रतर्फ गइरहेको हो ।
खलंगास्थित नेपाली सेनाको गुरु गोरख गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको ४४ नम्बर गण हेडक्वाटरलगायतका सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रमाथि हेलिकप्टर उडेको हो ।
दार्चुलाकी सीडीओ किरण जोशीले लगातार भारतीय हेलिकोप्टर देखिन थालेपछि पिथौरागढका डीएमलाई लिखित पत्र पठाएर ध्यानाकर्षण गराएको तर, केही जवाफ नआएको बताइन् ।
Facebook Comments Box