काठमाडौं: नेपाली सेनाका केही जर्नेलको पुनः सरुवा भएको छ। जसअन्तर्गत सुदूरपश्चिम पृतना हेडक्वार्टरमा दरबन्दी राखेर राष्ट्रिय प्रतिरक्षा महाविद्यालयतर्फ काजमा खटिएका सहायक रथी टंकप्रसाद भट्टलाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा खटाइएको छ। तर उनले सोही महाविद्यालयमा काजमा रहेर काम गर्नेछन्। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका तर १७ नम्बर बाहिनी अड्डामा काजमा खटिएका सोही दर्जाका भोलानाथ थापालाई उक्त बाहिनी अड्डाको बाहिनीपति बनाइएको छ।
नम्बर १८ बाहिनी अड्डामा रहेर उत्तर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएका सहायक रथी सन्तोषराज पाण्डेलाई चिफ अफ स्टाफ, उत्तर पश्चिम पृतना हेडक्वार्टरमा लगिएको प्राप्त विवरणमा उल्लेख छ । लक्ष्मण थापालाई नम्बर १७ बाहिनी अड्डामा रहेर पश्चिम पृतना हेडक्वार्टरमा काजमा खटिएको अवस्थाबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा ल्याइएको छ।
चरक बाहिनीका सहायक रथी सुरत रावललाई चिफ अफ स्टाफ, सुदूरपश्चिम पृतना हेडक्वार्टरमा खटाइएको छ। उनी बाहिनीमा रहेपनि सुदूर पश्चिम पृतना हेडक्वार्टरमा कार्यरत थिए।