कैलाली: महाकाली नदीको जलस्तरले सतर्कता तह पार गरेको छ । नदीले सतर्कता तह पार गरेसँगै बुधवार बिहानैबाट शारदा ब्यारेजमाथि बनेको पुलमा चारपांग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार नदीमा १ लाख ६१ हजार क्यूसेक पानी बगिरहेको छ । १ लाख क्यूसेक पानी बग्न थाले सो ब्यारेजमाथि बनेको पुलमा चारपांग्रे सवारी निषेध गरिन्छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार भारतको धौलीगंगा जलविद्युतको बाँध खोलिएकाले नदीमा दिउँसो जलस्तर झन् बढ्ने भारतीय पक्षले सूचनामार्फत जानकारी गराएको छ ।
Facebook Comments Box