बझाङ: बझाङको बुङ्गल नगरपालिकाका कार्यालय सहयोगीको शव डोटीस्थित दिपायलको सेती नदीमा भेटिएको छ। नगरपालिकाका कार्यालय सहयोगी धनबहादुर बोहरा बिहीबार साँझदेखि बेपत्ता थिए।
बुङ्गल-३ विर्पैयाँका करिब ४० वर्षीय बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको थियो। चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो।
उनको शव ६ दिनपछि डोटीमा फेला परेको प्रहरीले जनाएको छ।
Facebook Comments Box