बझाङ : बझाङको देउरा बजार नजिक सेती नदीको मध्य भागमा फेला परेको शवको पहिचान खुलेको छ ।
उनी शुक्रबार वेलुका मौरीबगरबाट नुहाउने क्रममा बगेर बेपत्ता भएका करिब ३१ वर्षीय प्रकाश बम रहेको प्रहरीले जनाएको छ ।
उनलाई शनिबार बिहान देउरा तर्फबाट स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए ।
उनको शव प्रहरीले उद्दार गरि पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।
Facebook Comments Box