बैतडीः पहिरोका कारण गएरातिबाट अवरुद्ध भएको बैतडीको जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन्।
गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो।
सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।
Facebook Comments Box