कञ्चनपुर: विद्युत् प्राधिकरणको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै कञ्चनपुरको गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको छ
हिजो(बुधबार) साँझ बिजुलीको तार टाउकोमा खसेर करेन्ट लग्दा स्थानीय ३६ वर्षीय दिनेश ओडको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आज(बिहिवार) बिहानैबाट प्रदर्शन गरेका हुन्।
उनीहरूले भीमदत्त नगरपालिका-५ सुकासालमा अन्तर्गतको सडकमा ढुंगा राख्दै टायर बालेर चक्काजाम गरेका छन्। जथाभावी तार छाड्ने विद्युत प्राधिकरणलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेको स्थानीय विशाल कुमार तिरुवाले बताए।
गड्डाचौकी सडक खण्ड अवरुद्ध हुँदा नेपाल भारत आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ।
Facebook Comments Box