धनगढीः कैलालीमा छुुट्टाछुट्टै घटनामा दुुई जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
धनगढी उपमहानगरपालिका १२ सी गाँउ बस्ने ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरको शौचालयमा विजुलिको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, कैलारी गाउँपालिका– ९ बनकनरी बस्ने ५ वर्षीय बिजल चौधरीको पानीमा डुुबेर मृत्यु भएको छ। शनिवार साँझ पोखरीमा नुहाउने क्रममा डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घर नजिकैको समाज सुधार सामुदायिक बनमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर घाइते भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। दुवै घटनाबारे प्रहरीले अनुुसन्धान गरिरहेको छ।
Facebook Comments Box