धनगढीः धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४ को कार्यालयमा तालाबन्दी गरिएको छ। आइतबार कल्भर्ट निर्माणको बजेट काटेको भन्दै ‘जी’ गाउँका स्थानीयले तालाबन्दी गरेका हुन्। वडाध्यक्षले कल्भर्ट निर्माण गर्न आएको २० लाख ५ हजार बजेट अन्यत्र सारेको स्थानीयले आरोप लगाएका छन्।
कल्भर्ट निर्माण गर्न प्रदेश सरकारबाट बजेट आउने भन्दै बजेट अन्यत्र हालेको स्थानीयले बताए। यो वर्ष कल्भर्टको बजेट काटेको र अघिल्लो वर्ष शिवशंकर आधारभूत विद्यालयदेखि धनबहादुर विष्टको घरसम्म ग्राभेल हाल्ने बजेट अन्यत्र लगेकाले वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीयले बताए।
यो विषयमा वडाध्यक्ष मानबहादुर विष्टले भने प्रदेश सरकारबाट कल्भर्ट निर्माण गर्न २५ लाख बजेट आउने भएकाले दोहोरो कार्यक्रम पर्ने भएकाले बजेट काटिएको बताए।
Facebook Comments Box