धनगढी: कञ्चनपुरमा बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा विद्यालयका लेखापाल पक्राउ पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका–१० को सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल बिरेन्द्रप्रसाद जोशीलाई बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जोशीले विद्यालयमा अध्ययनरत अन्दाजी १५ वर्षीया बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।
उनकाअनुसार बालिकामाथि हातपात गरिएको भन्दै आइतबार विद्यार्थीहरु आन्दोलित भएका थिए । उनीहरुले जोशीलाई कडा कारवाहीको माग गरेका छन् ।
जोशीलाई पक्राउ गरिएपनि पीडित पक्षले अहिलेसम्म किटानी जाहेरी भने दर्ता गराएका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box