धनगढी: धनगढीमा अवैध सामान बरामद गरिएको छ। आज (आइतबार) बाह्र लाख उन्चालिस हजार आठ सय पछत्तर मूल्य बराबरको अवैध भन्सार छलीको सामान बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता तथा इन्सपेक्टर सन्तोष बस्यालले सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोली र जिल्ला जिप्रका कैलालीको टोलीले सो सामान बरामद गरेको हो।
धनगढी उप-महानगरपालिकाको विभिन्न वडा स्थानहरुबाट बरामद गरिएका ती सामानहरु थप कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर पठाईएको जनाइएको छ।
Facebook Comments Box