कैलाली: करेन्ट लागेर कैलालीमा ७ वर्षीय बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१४ डी गाउँका पुष्पराज उपाध्यायको ७ वर्षीय छोरा बेदप्रसाद उपाध्यायको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो।
आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छोइन गउ करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box