धनगढी: कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरेको छ। हिजो (सोमबार) राति सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) को टोलीले उक्त सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिकास्थित डोकेबजारको परासन चौकी पछडीबाट सामान बरामद गरिएको हो।
करिब २ लाख ५० हजार मूल्य बराबरको कपडा, बिडी, र सुर्ती जंगलमा लुकाएको अवस्थामा फेला पारी बरामद गरिएको र थप कारबाहीका लागि भन्सार पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box